को हुन् , शेखर सुवेदी ? ‘ जाे अर्जुन रेड्डीकाे रिमकेमा पानी न खाइ अडिसन दिन तयार छन् ’

काठमाडौं । सानैदेखि अभिनयमा रुचि राखेका शेखर सुवेदी आफ्नो जिन्दगी फिल्म क्षेत्रलाई नै अर्पण गर्ने बताउँछन ।

नेपाली कलाकारिता क्षेत्रमा परिचित कलाकार सुवेदी झट्ट हेर्दा भारतीय कलाकार रणवीर सिंह जस्तै देखिन्छन् ।

सुपरहिट तेलुगू फिल्म ‘अर्जुन रेड्डी’ को नेपाली रिमेकको अडिसन गर्ने तयारी सुरु हुँदा सुवेदी भन्छन् अर्जुन रेड्डी को नेपाली रिमेकका लागि १२ घण्टा पानी न खाइ अडिसन दिन तयार छु ।’

फिल्मको स्क्रिप्ट तयार भएपनि कथाले मागेअनुसारको कलाकार नभेटिएपछि निर्माणमा ढिलाइ भएको निर्माण पक्ष बताउँछन् ।

कोरोना महामारीपछिको अवस्था सामान्य बन्दै गए लगत्तै निर्माण टिमले फिल्मका लागि कास्टिङ कल जारी गरेका छन् ।

सुवेदी भन्छन् । `अर्जुन रेड्डि को रिमेकमा आफूले अभिनय गर्ने मौका पाएमा उक्त भूमिकालाई निभाउन जस्तै चुनौतीसग लड्न तयार छु । ´ उनले फिल्म ‘निर्भय’ बाट ठूलो पर्दामा डेब्यु गरेका हुन् ।

सुवेेदीले थुप्रै म्युजिक भिडियो तथा मोडेलिङ गरेका छन् । हाल उनी फिल्म ‘अर्जुन रेड्डि’ को नेपाली रिमेकको अडिसनको तयारीमा व्यस्त छन् ।

शेखर सुवेदी

उनले भने, ‘अहिले म अर्जुन रेड्डी भन्ने चरित्रको गहिराइमा डुबेर अभिनय सिक्दै छु । यो चरित्रलाई न्याय दिन मबाट केही कमी कमजोरी हुन दिने छैन ।’

शेखर सुवेदी

सुवेदीका फोटोहरु