ताप्लेजुङको दोभान बजारमा आगलागी, १५ घर जलेर नष्ट

ताप्लेजुङको दोभान बजारमा आगलागी भएको छ । बिहान करिब ९ बजेदेखि आगलागी भएको हो ।

आगो नियन्त्रणको प्रयासमा दमकल परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी झरेन्द्र प्रसाद चापागाईले जानकारी दिए ।

उनले भने, ‘आगो फैलिँदै गएको जानकारी आएको छ, म आफैं त्यहाँ जाँदै छु ।’

आगलागीको कारण खुलेको छैन । आगोले पुर्‍याएको क्षतिको विवरण पनि आइसकेको छैन ।

ताजा अपडेट