झापा पुगेर ओलीले डा.गाेबिन्द केसिकाेे आलाेचना गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मेडिकल कलेज र अस्पताल बन्दा केही मानिस अनसन बस्ने गरेको भन्दै आलोचना गरेका छन । डा. गोविन्द केसीलाई इंगित गर्दै प्रधानमन्त्री ओलीले देशमा मेडिकल कलेज र अस्पताल बन्दा केही मानिस कसैको इशारामा अनशन बसेको आरोप लगाएका हुन् । मंगलवार झापास्थित पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले डा। केसीको आलोचना गरेका हुन । उनले भने, “आलोचना गर्ने गर्दै गर्छन् तर हामी काम गर्छौं । नदेख्न खोजेपछि केही लाग्दैन। यहाँ मेडिकल कलेज बन्छ भनेर कोही अनसन बस्छन् र कसैलाई बसाउन लगाइन्छ ।”