सपना मगरको नयाँ जिन्दगी, विहान कलेज दिउँसो शव व्यवस्थापन

काठमाडौं । बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा परेपछि चर्चाको शिखरमा पुगेकी सपना रोक्का मगरले पढाइ सुरु गरेकी छन् । उनी काठमाडौंको सुविधानगरस्थित हिमालयन ह्वाइट हाउस कलेजमा कक्षा ११ मा भर्ना भएकी छन् । उनले कानुन विषयमा अध्ययन सुरु गरेको कलेजका कार्यकारी निर्देशक नारायण काफ्लेले बताए । २०७३ सालमा महेन्द्ररत्न उच्च माध्यामिक विद्यालयबाट एसएलसी पास गरेकी सपना सदरमुकाम म्याग्दी गएर व्यवस्थापन विषयमा कक्षा ११ मा भर्ना भएकी थिइन् । तर, त्यसपछि उनले पढाइ बीचमै छाडेकी थिइन् । पढाइ छाडेर कुलतमा लागेकी उनी परिवारबाट समेत टाढा भएकी थिइन्। पछि बेवारिसे शव व्यवस्थापनको काममार्फत उनले आफूलाई सामान्य जीवनमा फर्काए पनि पढाइलाई निरन्तरता दिन सकेकी थिइनन् ।

ताजा अपडेट