जुजुको आवाजमा रहेको “माईतीको आँगनमा ” गीतको टिजर सार्बजानिक

काठमाडौं । शुसिल श्रेष्ठ (जुजु)को आवाजमा रहेको “माईतीको आँगनमा ” गीतको टिजर सार्बजानिक भएको छ । शुसिल श्रेष्ठ (जुजु)को आवाजमा रहेको उक्त गीतको पुरा भिडियो र गीत भने आगामी आउने शुक्रबार रिलिज हुनेछ । पछिल्लो समय शुसिलको पहिलो ‘सुनन ‘ बोलको गीत अत्यन्तै रुचाएको थियो ।

दिपक शर्माको शब्द संगीत रहेको यस गीतमा उदयराज पौडेलको संगीत संयोजन रहेको छ ।

लोक आधुनिक शैलीमा रहेको यस गीतमा बिनोद बस्नेत, उषा उप्रेती, काजी बहादुर श्रेष्ठ र आयुष रिजालले अभिनय गरेका छन ।
उत्सव दाहालको छायांकन रहेको उक्त गीत बिकाश दाहालले सम्पादन गरेका छन् भने आचार्य गोपालले निर्देशन गरेका छन् । भिडियोसहित ।