पाप र पुण्यको बिषयमा, सक्दो Share गरौं।

३८) पाप र पुण्यका विषयमा ।

भन्ते नागसेन ! पुण्य गर्नेवाला र पाप गर्नेवाला दुबै जनाको फल समान हुन्छ या भिन्न भिन्न ?
महाराज ! पुण्य गर्नेवलाको भन्दा पाप गर्नेवालाको फल अलग ( फरक ) हुन्छ । महाराज ! पुण्य गर्नेवलाले सुख पाउछ र स्वर्ग जान्छ पाप गर्नेवालाले दु:ख पाउछ र नरकगामी हुन्छ ।
भन्ते नागसेन ! तपाईंहरु भन्नुहुन्छ कि देवदत्तको चित्त बिलकुल कालो थियोे, खराबभन्दा खराब गुणले भरिएको थियोे । र बोधिसत्वको चित्त बिल्कुल स्वच्छ थियोे, राम्रोभन्दा राम्रो गुणका उ खानी थिए । तर पनि अनेकौं जन्ममा देवदत्त बोधिसत्वका समान नै या उसले भन्दा धेरै यश पाउनेवला हुन्थे । उसको पनि पक्ष सदैव पुष्ट नै रहन्थ्यो ।
भन्ते ! जब देवदत्त बनारसमा राजा ब्रम्हादत्तका पुरोहितका पुत्र थिए । तब बोधिसत्व जादु टुना गर्नेवाला एक निच जातिका डोम थिए, जो आफ्नो मन्त्रको बलले बेमौषममा पनि आँप फलाइ दिन्थे । यो एक उदाहरण हो जसमा बोधिसत्व देवदत्त भन्दा जाती र यश दुबैमा हिन थिए ।
भन्ते ! र फेरि, जब देवदत्त एक ठुलो राजा थिए, जसलाई काम भोगका सम्पुर्ण बस्तुहरु प्राप्त थियोे । तब बोधिसत्व उसका सवारीको हात्ती थिए, जसमा सबै असल असल लक्षण बिद्यमान थियोे । त्यस हात्तीको भाव र भडकलाई देखेर राजा ( देवदत्त ) मन मनै जल्थ्यो । उसले त्यस हात्तीको हत्या गर्ने इच्छाले माउतेलाई भन्यो:-“माउते ! यस हात्तीलाई राम्रोसँग सिकाएको छैन, यसलाई आकाश गमन नामक चाल चलाएर हेर ।” यहाँ पनि बोधिसत्व देवदत्त भन्दा जातिमा निच थिए-पशु योनिमा जन्म लिएका थिए ।
र फेरि जब देवदत्त मनुष्य भएर जंगलमा ब्याधा बनी घुमफिर गर्थे, तब बोधिसत्व महा पृथ्वी नामक एक बादर थिए । यहाँ पनि मनुष्य र पशुमा कति धेरै अन्तर छ । यहाँ पनि बोधिसत्व देवदत्त भन्दा जातिमा तल थिए ।
र फेरि जब देवदत्त शोणोत्तर नामक अत्यन्त बलिस्ठ निषाद थिए तब बोधिसत्व छद्दन्त नामक हस्ती राजा थिए । एकदिन त्यस निषादले छद्दन्त नामक हस्ती राजालाई मारे । यस जन्ममा पनि देवदत्त नै बोधिसत्व भन्दा सबल थिए ।
र फेरि जब देवदत्त मनुष्य भएर बिना कुनै घरबार जंगल जंगलमा घुम्थ्यो, तब बोधिसत्व तित्तिर पंक्षि थिए र बेद मन्त्रलाई पढने गर्थे । त्यस जन्ममा पनि उक्त बनचरले तित्तरी पंक्षिलाई मारेको थियोे । यहाँ पनि देवदत्त बोधिसत्व भन्दा उच्च नै ठहरिन्छ ।
र फेरि जब देवदत्त कलाबु नामक काशिराज थिए, तब बोधिसत्व क्षान्तिका प्रचार गर्नेवाला तपस्वी थिए । तब त्यस राजाले ती तपस्वीसँग क्रुद्ध भएर उसका हात र खुट्टालाई बाँस झै काटी दिएका थिए । त्यस जन्ममा पनि देवदत्त नै बोधिसत्व भन्दा उच्च जातिका र अधिक यसस्वी थिए ।
र फेरि जब देवदत्त मनुष्य भएर बनचर थिए तब बोधिसत्व नन्दिय नामक बादरका राजा थिए । बनचरले बादरको आमा र सानो भाइका साथमा उसलाई पनि मारेको थियोे । यहाँ पनि देवदत्त बोधिसत्व भन्दा ठुलो भयो ।
र फेरि जब देवदत्त कारम्भिय नामक नाङ्गो साधु थिए तब बोधिसत्व पण्डरक नामक सर्पराज थिए । यहाँ पनि देवदत्त नै उच्च भए ।
र फेरि जब देवदत्त जंगलमा बस्नेवाला जटाधारी साधु थिए । तब बोधिसत्व तच्छक नामक एक सुँगुर थिए । यहाँ पनि देवदत्त नै उच्च भए ।
र फेरि जब देवदत्त चेतियमा सुरपरिचर नामक राजा थिए जसमा यस्तो शक्ति थियोे कि उडेर आकाशमा घुम्न सक्थ्यो । तब बोधिसत्व कपिल नामक एक ब्राम्हण थिए । यहाँ पनि देवदत्त नै जाती र यश दुबैमा अगाडी थिए ।
र फेरि जब देवदत्त साम नामक एक मनुष्य थिए तब बोधिसत्व रुरु नामक मृगका राजा थिए । यहाँ पनि देवदत्त नै उच्च भए ।
र फेरि जब देवदत्त एक बनचर ब्याधा थिए । तब बोधिसत्व हात्ती थिए । बनचर ब्याधाले सात पटक हात्तीको दातलाई तोडेको थियोे । यहाँ पनि देवदत्त नै जातिमा उच्च भए ।
र फेरि एकपटक देवदत्त ठुलो केटा र बहादुर सिपाही थियोे । उसले भारत बर्षका सबै राजाहरूलाई आफ्नो वशमा गरेको थियोे । तब बोधिसत्व बिदुर नामक एक पण्डित थिए । यहाँ पनि देवदत्त नै यशमा अगाडी थिए ।
र फेरि जब देवदत्तले हात्ती भएर लटुकिका पंक्षिको बच्चालाई मारेको थियोे । तब बोधिसत्व पनि एक गजराज थिए । यहाँ दुबै बराबर थिए ।
र फेरि जब देवदत्त “अधर्म” नामक एक यक्ष थिए तब बोधिसत्व पनि धर्म नामक एक यक्ष थिए । यहाँ पनि दुबैजना बराबरी भए ।
र फेरि जब देवदत्त पाँचसय मल्लाह कुलका सर्दार थिए तब बोधिसत्व पनि अर्को पाँचसय मल्लह कुलका सर्दार थिए । यहाँ पनि दुबैजना बराबर भए ।
र फेरि जब देवदत्त पाँचसय गाडीवाला बनजरा थिए तब बोधिसत्व पनि अर्को पाँचसय गाडीवला बनजरा थिए । यहाँ पनि दुबैजना बराबर भए ।
र फेरि जब देवदत्त साख नामक मृगराज थिए तब बोधिसत्व निग्रोध नामक मृगराज थिए । यहाँ पनि दुबैजना बराबर थिए ।
र फेरि जब देवदत्त साख नामक सेनापती थिए तब बोधिसत्व निग्रोध नामक राजा थिए । यहाँ पनि दुबैजाना बराबर थिए ।
र फेरि जब देवदत्त खण्डहाल नामक ब्राम्हण थिए तब बोधिसत्व चन्द नामक राज कुमार थिए । यहाँ त खण्डहाल नै उच्च भए ।
र फेरि जब देवदत्त ब्रम्हादत्त नामक राजा थिए तब बोधिसत्व उसका पुत्र थिए जसको नाम कुमार महापद्य थियोे । राजाले आफ्नो पुत्रलाई सात पटक पहाडबाट झारेको थियोे जहाँबाट झारेर ( लडाएर ) चोरलाई मारिन्छ । पिता आफ्नो पुत्रभन्दा ठुलो हुन्छ । अत: यहाँ पनि देवदत्त नै ठुलो भयो ।
र फेरि जब देवदत्त महा प्रताप नामक राजा भएको थियोे तब बोधिसत्व उसका पुत्र कुमार धर्मपाल थिए । राजाले आफ्नो पुत्रको हात, खुट्टा र शिरलाई काटी दिएको थियोे । यहाँ पनि देवदत्त नै ठुलो भयो ।
र फेरि यस जन्ममा दुबै जना शाक्य कुलमा नै उत्पन्न भए । र बोधिसत्व सर्वज्ञ संसारका नायक बुद्ध भए । देवदत्तले पनि प्रब्रजित भएर भगवान बुद्धको शासनलाई ग्रहण गरे । जब उसले ऋद्धी शक्तिलाई प्राप्त गर्यो तब उसको मनमा पनि बुद्ध बन्ने उत्सुकता उत्पन्न भयो ।

भन्ते नागसेन ! मैले जे भने त्यो ठिक छ या बेठिक ?

महाराज ! तपाईंले जे भन्नुभएको छ सबै बिलकुल ठिक छ, बेठीक छैन ।

भन्ते नागसेन ! तब यसले यहीँ थाहा पाइन्छ कि चित्त फोहोर हुनु र चित्त सफा हुनु दुबै बराबर हो, त्यसको फल समान नै हुन्छ ।

होईन महाराज ! पुण्य र पापको फल कहिले एक समान हुँदैन । महाराज ! देवदत्तका पक्षमा लोक हुँदैन थिए । बोधिसत्वको विरुद्ध कोहि हुँदैन थियोे । देवदत्तको मनमा बोधिसत्व प्रती जुन वैरभाव थियोे त्यो हर एक जन्ममा पाक्दै गयो र त्यसको फल पनि मिल्दै गयो । महाराज ! देवदत्तले पनि ऐस्वर्य प्राप्त गरेर लोकको रक्षा गर्दथ्यो । पुल, न्यायसभा, धर्मसाला बनाउथ्यो । उ श्रमण, ब्राम्हण, दरिद्र, घुमन्ते र अनाथलाई उसको आबस्याक्ता अनुसार दान दिन्थ्यो । उ त्यसै फलले हर एक जन्ममा सम्पत्तीसाली हुँदै गयो ।
महाराज ! कसले यस्तो भन्न सक्छ कि कोही बिना दान, दम, संयम र उपोसथ कर्मको सम्पत्तीलाई प्राप्त गर्न सक्छ !
महाराज ! जे तपाईं यस्तो भन्नुहुन्छ कि देवदत्त र बोधिसत्व दुबै साथमा जन्म लिदै आए सो केवल केही सय वा हजार जन्मबाट होईन अनादी कालबाट हो । महाराज ! भगवानले जसै मनुष्यत्व प्राप्त गर्नेको कोशिस गर्नुभएको छ त्यसै यी दुइलाई साथैमा जन्म लिदै आएको भनी बुझ्नुपर्छ । महाराज ! बोधिसत्वको भेट केवल देवदत्तका साथमा मात्र भएको होईन स्थबिर सारीपुत्र पनि अनेक सैकडौ र हजारौं जन्मबाट बोधिसत्वका पिता भएको थियोे, ठुलो बुबा-काका भएका थिए, भाइ-बहिनी-पुत्र-मित्र भएका थिए । महाराज ! बोधिसत्व पनि अनेक सैकडौ हजारौं जन्ममा स्थबीर सारीपुत्रका पिता भएका थिए, ठुलो बुबा-काका भएका थिए, भाइ-बहिनी-पुत्र र मित्र भएका थिए ।
महाराज ! नाना प्रकारको जति पनि प्राणी छ जो संसारको धारामा बगिरहेको छ । यसका बेगमा परेर प्रीय र अप्रीय दुबै प्रकारको साथीहरूसग भेट हुन्छ । जस्तै, पानी धारामा आएर राम्रो र खराब सबै प्रकारको चिजलाई भेटछ ।
महाराज ! देवदत्तले पापी यक्ष भएर अनेकौं लोकलाई पापमा लगाई दिएको थियोे । यसले गर्दा उ धेरै समयसम्म नरकमा रहर्यो । तर बोधिसत्वले ठुलो पुण्यसिल यक्ष भएर लोकलाई पुण्यमा लगाए । यसले उ धेरै कालसम्म स्वर्गको सुखलाई भोग्दै रहर्यो । र यस जन्ममा बुद्धलाई घात गर्नु, संघभेद गर्नुका पापले देवदत्त जमिनमा भासियो । बुद्धले जान्न योग्य सबै कुरालाई जानेर बुद्धत्व प्राप्त गर्नुभयो र जिबनलाई बनाई राख्ने जति कारणहरु छ सबैलाई नास गरेर परम निर्बाण प्राप्त गर्नुभयो ।

ठिक छ भन्ते नागसेन ! तपाईं जे भन्नुहुन्छ, मलाई स्वीकार छ ।

पुस्तक मिलिंद प्रश्न ।
लेखक भिक्षु जगदीश काश्यप