देशको समस्या हल गर्न जनमत संग्रह गर्नुपर्छ: धर्मेन्द्र बास्तोला

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले जनमतसंग्रह गरिनुपर्ने आफ्नो पार्टीको एजेण्डा रहेको स्पष्ट पारेका छन् । उनले देशको समस्या हल गर्नको लागि मुख्य मुख्य विषयमा जनमत संग्रह गरिनुपर्ने बताएका हुन् । 

अहिलेको संसदीय राजनीतिक व्यवस्थाले मुलुकलाई निकास नदिने उनको भनाइ छ । उनले भने,‘त्यही भएर अहिले संसद् विघटन गर्नुपर्ने अवस्थामा पुग्यो । अहिले दलभित्र तनाब पैदा भएको छ । लडाईँ चलिरहेको छ । अदालतले संसद् पूनःस्थापना गरेको छ । अहिले दलभित्र लडाईँ चलिरहेको छ ।’
 

उनले भने,‘जनताको मत लिने गरौँ । हरेक विषयमा जनमतसंग्रह गरौन् भनेका छौँ । यसले जनतालाई परिचालित गर्छ। पूर्ण लोकतान्त्रिक प्रक्रिया, जनवादी प्रक्रिया आवश्यक छ । यो प्रकरणको लोकतान्त्रिक समाज बनाऔँ। अहिले हामी सरकारसँग छलफल गर्छौं । सेट अफ आईडियाज छ । हामी राख्छौँ । खाका छ । हामी भन्छौँ । नयाँ दिशामा जानुपर्छ ।’

उनले जनमतसंग्रह के के विषयमा गर्ने भनेर अहिले नै भन्न सम्भव भने नभएको बताए । उनले अघि भने,‘सबै भन्न सम्भव छैन। खास-खास विषयमा हुन्छ । अहिले हामी सरकारसँग छलफलमा छौँ । संसदीय व्यवस्था भन्दापनि लोकतन्त्र मूल कुरा हो । यसको विकसित कुरा गरेका छौँ ।’ खबर मुकाम ।

ताजा अपडेट