नेपाली बजारमा सुनको मुल्य बढ्यो

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो साता ओरालो लागेको सुनको मूल्य यो साता ५ सय रुपैयाँले बढेको हो ।

आज छापावाला सुनको मूल्य प्रतितोला ८६ हजार १०० रुपैयाँ निर्धारण भएको छ । छापावाला सुन तोलामा शुक्रबार ८५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन पनि तोलामा ५०० रुपैयाँ बढेको छ । शुक्रबार प्रतितोला ८५ हजार १५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज ८५ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, चाँदीको मूल्य भने आज स्थिर छ। चाँदी तोलामा एक हजार २५० मा कारोबार हुनेछ ।