पूर्व मिस नेपाल श्रृंखला र सिसनले लुकाउन नसकेको माया

काठमाडौं । कहिले आफ्नु सुन्दरता त कहिले उनको प्रेम सम्बन्धलाइ लिएर पूर्व मिस नेपाल श्रृंखला खतिवडा प्राय: चर्चामा आईरहन्छिन्। खतिवडा सन् २०१८ की मिस नेपाल हुन् । खतिवडा भ्लगर सिसन बानियाँसँग प्रेममा सम्बन्धमा रहेकी छिन् । तर उनले आफ्नो सम्बन्ध बारे यसअघि कहिँ कतै खुलाएकी थिईनन् । खतिवडा र बानियाँ प्रायः एकसाथ देखिने गरेका छन् । देश, विदेशको यात्रामा समेत उनिहरु संगै जाने गरेका छन् । केहि समय अगाडि टर्कीको इस्तानबुल पुगेका उनीहरुको तस्विरहरु खतिवडा र बानियाँले आफ्ना सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए ।अमेरिका जानुअगाडी पुन: सिसन बानियाँसँगको फोटोहरु बाहिरिएका छन् । उनीहरुको तस्विर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छन् । उनीहरुको उक्त्त तस्विरलाई धेरैले माया गरिरहेका छन् ।