नायिका रीमा विश्वकर्मा बिहे गर्ने मुडमा

 काठमाडौं । केहि समय पहिला नायिका श्वेता खड्काले दोस्रो बिहे गरिन् । त्यसपछि लगत्तै चर्चित गायिका अञ्जु पन्तले पनि दोस्रो बिवाह गरिसकेकी छन ।

नायिका रेखा थापा देखि रिमा बिश्वकर्मासम्मको बिवाहको बिषयले चर्चा पाएको छ । यसैक्रममा नायिका रीमा विश्वकर्माले भने दोस्रो विवाह गर्ने संकेत दिएकी छन् । 

विवाह भएको २ बर्षमा डिभोर्स गरेकी उनले फेरि बिहेको कुरा गर्ने बेला भैसकेको बताइन् । 

‘कमेडी च्याम्पियन २’ प्रशारणको बिषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा रीमाले दोस्रो विवाहको विषयमा चर्चा गरेकी हुन् । 

संचारकर्मीसँग निकै नै रमाइलो शैलीमा प्रस्तुत भएकी रीमाले अब बिहेको कुरा गर्दा हुने भन्दै प्रशंग शुरु गरेकी थिइन् ।

नायिका विश्वकर्माले आफ्नो बिहेको कुरा गर्ने बेला भैसकेको तर्क गरेपनि दोश्रो बिहेको योजनाको बिषयमा भने केही पनि बताइनन् । अभिनेत्री रीमाले आफूलाई ‘अर्थपूर्ण सम्बन्ध’ मनपर्ने बताएकी थिइन् ।