गोरखाको आरुघाटमा विद्युतीय आगलागी

गोरखाको आरुघाट गाउँपालिका वडा नम्बर २ मान्वुमा आगलागी हुदा २० लाख रुपैया बराबरको क्षति भएको छ । बिहिबार बिहान करिब ९ः४० बजे स्थानीय बिजय घलेको घरमा डेरा गरी बस्ने वर्ष ३० की सरीता बि.कको कस्मेटिक,फेन्सी र टेर्लरमा आगलागी भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

घरमा कोही पनि नभएको अबस्थामा रिचेत हाइड्रोपावरबाट धार्दिङ बसेरी हाईटेन्सन लाईन मेन्टिनेन्स गडबडीका कारण विद्युत सर्ट भई आगोलागि भएको प्रहरीको भनाई छ । आगलागीबाट पसलमा भएको सम्पुर्ण सामानहरु जलेर नष्ट भएको थियो भने नगद रु १ लाख ५० हजार रुपैया समेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

मानविय तथा चौपाय क्षति भने नभएकोको प्रहरीको भनार्य छ ।घटनाको थप अनुसन्धान भइईहरको प्रहरीले जनाएको छ ।

ताजा अपडेट