सबैभन्दा उच्च सेयर मूल्य भएका सेयर बजारका ६ कम्पनी

काठमाडौँ। नेपाली सेयर बजारमा सबैभन्दा बढी सेयर मूल्य कुन कम्पनीको होला भन्ने जिज्ञाशा तपाईंमा पक्कै होला? तपाईं हामीले लगानी गरेको अंकित मूल्य एक सय रुपैयाँ रहेको सेयर मूल्य कति प्रतिशतले बढेर कति पुग्यो होला भन्ने चासो रहनु स्वाभाविक पनि हो।

गत २७ फागुनको तथ्यांक हेरेर यहाँ नेपाली सेयर बजारको सबैभन्दा धेरै मूल्य हुने कम्पनीहरूको बारेमा छोटो जानकारी तयार पारेका छौँ ।

फागुन २७ गतेसम्मको तथ्यांकका आधारमा सबैभन्दा धेरै मूल्य हुने कम्पनी युनिलिभर नेपाल लिमिटेड हो जसको सेयर मूल्य १९ हजार १ सय ८४ रुपैयाँ रहेको छ। यो नै नेपाली सेयर बजारको  सबैभन्दा धेरै महँगो सेयर मूल्य हो ।

नेपाली सेयर बजारमा १० हजार रुपैयाँ भन्दा बढी सेयर मूल्य भएका तीन कम्पनीहरु छन्। पाँच हजार रुपैयाँ भन्दा बढी प्रतिकित्ता सेयर मूल्य हुने एउटा कम्पनी छ।

४ हजार भन्दा माथि हुने २ वटा कम्पनी रहेका छन्। यी कम्पनीहरुको सेयर मूल्य यति धेरै बढ्नुको कारण लाभांश नै हो।

ताजा अपडेट