कोरोना भाइरस संक्रमित पुनः बढेपछि भारत को महाराष्ट्र राज्यमा लकडाउन

भारतको महाराष्ट्रमा लकडाउन गरिएको छ । कोरोना भाइरस संक्रमित पुनः बढेपछि महाराष्ट्र राज्य सरकारले नागपुरमा एक साताका लागि लकडाउन घोषणा गरेको हो ।

महाराष्ट्र सरकारले मार्च १५ देखि २१ सम्म लकडाउन घोषणा गरेको हो। लकडाउनको अवधिमा मानिसहरुलाई अत्यावश्यक कामबाहेक बाहिर निस्कन प्रतिबन्ध गरिएको छ ।

सरकारले यसअघि राजनीतिक‚ धार्मिक कार्यक्रमका लागि जमघट नगर्न आदेश दिएको थियो । अहिले विद्यालय‚ कलेज‚ कोचिङ सेन्टरलगायत भीडभाड हुने स्थानहरु बन्द रहेछ जनाइएको छ। निजी कार्यालयहरु पनि बन्द रहनेछन् । सरकारी कार्यालयमा भने २५ प्रतिशत कर्मचारीको उपस्थितिमा सेवा दिइने जनाइएको छ ।