गोरखा संग्रहालय अब हप्ताकाे सातै दिन खुल्ने

गोरखा । गोरखा संङ्ग्रहालय अबदेखि हप्ताकाे सातै दिन खुल्ने भएकाे छ । हरेक मंगलवार र सार्वजनीक बिदाको दिन बन्द हुँदै आएको संङ्ग्रहालय अब सातै दिन खुल्ने भएकाे हाे । २०७७ चैत र २०७८ बैशाख महिनासम्म संङ्ग्रहालय पूरै दिन खुल्ने कार्यालय प्रमुख नबराज अधिकारीले बताए । पर्यटककाे चापलाई मध्यनजर गर्दै दुई महिनाका लागि हरेक दिन संङ्ग्रहालय खाेल्ने निर्णय भएकाे कार्यालयले साेमबार सुचना प्रकाशित गर्दै जानकारी दिएकाे छ । २०७८ जेठ देखि भने पूर्ववत अवस्थामै प्रदर्शनी कक्षहरु खुल्ने संङ्ग्रहालयले जारी गरेको सुचनामा उल्लेख छ । दर्शकको सुविधालाई मध्यनजर गर्दै पुरातत्व बिभागको सहमतीमा आउँदै गरको फागु पर्व र नयाँ वर्ष २०७८ लाई लक्षित गरेर संङ्ग्रहालय सबै दिन खुल्ला गर्ने निर्णय भएको कार्यालय प्रमुख अधिकारीले जानकारी दिए ।