कोही ओलीलाई समर्थन गर्ने, कोही छुट्टै समीकरण बनाउने, जसपामा मतान्तर जारी

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) मा प्रधानमन्त्री ओलीलाई नै समर्थन गर्ने अथवा ओलीइतरको समीकरणमा सहभागी हुने विषयलाई लिएर देखिएको मतान्तर पछिल्लो समयसम्म कायमै छ।

यही मतान्तरलाई हल गर्न जसपाका नेताहरू घनिभूत छलफलमा व्यस्त देखिएका छन्।

अध्यक्षद्वय भट्टराई र यादव छुट्टै समीकरण बनाएर अघि बढ्नेतिर केन्द्रित छन् भने ठाकुर र अन्य नेताहरू ओलीसँग समझदारी गरेर मधेशका मागहरू पूरा गराउने ध्याउन्नमा देखिन्छन्।

नसपाको पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा हिजो बसेको पदाधिकारी बैठक पनि यसै विषयमा केन्द्रित थियो।

संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराई, केन्द्रीय कार्यकारिणी अध्यक्ष महन्थ ठाकुर, अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेताद्वय अशोक राई र राजेन्द्र महतो छलफलमा जुटेका हुन्।