ब्रूकलिन कलेजलको आयोजनामा समुदाय सरसफाई र आर्थिक सहयोग कार्यक्रम सम्पन्न

काठमाडौं । मार्च १६,विश्व समाजिक दिवसको उपलक्ष्यमा सुकेधारा स्थित ब्रूकलिन कलेको आयोजनामा समुदाय सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा कलेका प्राध्यापक र बि.एस.डब्लु. मा अध्ययनरत विद्यार्थीहरुले कलेज वरीपरीको वातावरण र समुदाय सरसफाई गरेका थिए ।

साथै विद्यार्थीहरुको समूहले सङ्कलन गरेको नगद रु ८ हजार गोकर्ण स्थित संयुक्त अपाङ एकता आवाज केन्द्रलाई आर्थिक सहयोग प्रदान गरेका छन् । समुदाय सरसफाई कार्यक्रममा कलेजमा अध्यापन गराउने प्राध्यापक र बि. एस.डब्लु. मा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

विद्यार्थीहरुलाई बौद्धिक ज्ञान मात्र नभई प्रयोगात्मक शिक्षा दिने सो कार्यक्रम आयोजना गरेको ब्रूकलिन कलेजका प्रिंसिपल सुरेन्द्र लम्सालले जानकारी दिए ।

ताजा अपडेट