सर्वदलीय बैठकमा बाबुराम भट्टराई नजाने

जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई राष्ट्रपति विद्यादेवी भण्डारीले राखेको सर्वदलीय बैठकमा सहभागी नहुने भएका छन्।

स्वास्थ्यमा समस्या देखिएको भन्दै पूर्वप्रधानमन्त्री समेत रहनु भएका डा. भट्टराई बैठकमा नजाने भएको उनका स्वकीय सचिव रोशन पोखरेलले जानकारी दिए।