बाघको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु

बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मंगलबार दिउँसो साढे ३ बजे ठाकुरबाबा नगरपालिका-७ मोहनपुर बस्ने ६२ वर्षीया दल्ली रावतमाथि बाघले आक्रमण गरेको प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए ।

रावतसहित तीन महिला दिउँसो बर्दिया राष्ट्रिय निकुञ्जमा घाँस दाउरा काट्न गएका थिए ।

त्यस समयमा बाघले दल्ली रावतलाई आक्रमण गरेको भन्ने सूचनाको आधारमा नेपाली सेना र ईलाका प्रहरी कार्यालय बग्नाहा बर्दियाबाट टोली खटिएको थियो ।

प्रहरी पुग्दा पौने ५ बजे रावत मृत फेला परेकी हुन्। उनको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल गुलरियामा पठाइएको छ ।