सिन्धुलीमा बोलेरो जीप दुर्घटना हुँदा चार जनाको मृत्यु

तस्विर श्राेतः इन्टरनेट

सिन्धुली: सिन्धुलीमा बोलेरो जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी सात जना घाइते समेत भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक(डिएसपी) मनोजकुमार लामाले जानकारी दिए ।

मंगलबार दिउँसो पौने ४ बजे सिन्धुली बजारबाट कमलामाई नगरपालिका-७ बाँसकटेरी जाँदै गरेको बा १७ च १११७ नम्बरको जीप दुर्घटनामा परेको हो ।

जीप अनियन्त्रित भई सडकबाट अन्दाजी ५०-६० फिट तल खसेको डिएसपी लामाले बताए। जीपमा ११ जना सवार रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी बाँकटेरी बस्ने १८ वर्षीया रिता एस्नाली, १९ वर्षीया दुर्गा श्रेष्ठ, उनका दुई वर्षीय छोरा मनिष श्रेष्ठ र ६०-६५ वर्षीया रूद्रबहादुर थापाको घटनास्थलमै मृत्यु भएको हो ।

उनको थप उपचारको लागि काठमाडौंमा रिफर गरिएको छ ।

अन्यको जिल्ला अस्पतालमै उपचार भइरहेको छ। जसमध्ये पाँच जना मध्यम घाइते र अन्य दुई जना सामान्य नै रहेको डिएसपी लामाले बताए ।