सर्वदलीय बैठक बंगलादेश भ्रमणबारे जानकारी गराएर सकियो

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठक बंगलादेश भ्रमणबारे जानकारी गराएर सकिएको छ । शीतल निवासमा ४ बजेका लागि बोलाइएको सर्वदलीय बैठकमा राष्ट्रपतिको बंगलादेश भ्रमणबारे जानकारी गराइएको राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसीले जानकारी दिएका छन् ।