कोभिड–१९ को खोप नलगाउने नेपालीहरुलाई चीनले भिसा नदिने

काठमाडौँ । चीनले आफ्नो देशमा बनेको कोभिड–१९ को खोप नलगाउने नेपालीहरुलाई  भिसा नदिने बताएको छ । आफ्नो देशमा निर्मित खोप नलगाएका नेपालीहरुलाई चीन प्रवेश गर्न नदिने काठमाडौंस्थित चिनियाँ दूतावासले  बताएको हो ।

आवेदकहरूले चीनमा आवश्यक काम, व्यवसाय, भ्रमण, आदिका लागि कोभिड–१९खोप लगाएको प्रमाणसहित आवेदन दिन सक्ने दूतावासले बताए ।

चीन जाने यात्रुको अनिवार्य कोभिड नेगेटिभ सर्टिफिकेट पेश गर्नुपर्ने र चीन पुगेपछि अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने विज्ञप्तिमा बताइएको छ ।

नेपालमा सिनोफार्म खोपको आपतकालिन प्रयोगका लागि अनुमति पाएको छ । यो खोप कोरोना भाइरसविरुद्ध ८० प्रतिशतसम्म प्रभावकारी हुने जनाइएको छ । चीनले नेपाललाई ८ लाख डोज खोप उपलब्ध गराउने घोषणा गरिसकेको छ । तर, उक्त खोप नेपाल आइपुगेको छैन् ।