पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँले वृद्धि

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरेको हो ।

निगमले जारी गरेको सूचना अनुसार इण्डियन आयल कर्पोरेशनले वृद्धि गरेर पठाएको मूल्य अनुसार वृद्धि गरिएको निगमले जानकारी दिएको छ ।