पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ। हाल सुदुरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा  सामान्य बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहेको महाशाखाको भनाइ छ ।

बुधवार दिउँसो देशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली भई बाँकी भूभागहरूमा आंशिक बदली रहने छ।अपरान्ह पश्चात गण्डकी, बागमती र प्रदेश १ का पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्सहित वर्षाको सम्भावना रहको छ l


राती देशका पहाडी भूभागहरुमा आंशिक बदली भई बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ को पहाडी भूभागको एक वा दुई स्थानमा मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।