ओखलढुंगाको जंगलमा आगलागी

विराटनगर। मंगलबार रातिदेखि ओखलढुंगाको चिसङ्खुगढी गाउँपालिका ४ मा रहेको जंगलमा आगलागी भएको छ।

समाचार तयार पार्दासम्म आगलागी  नियन्त्रणमा आउन सकेको छैन । स्थानीयबासी र प्रहरीले नियन्त्रण गर्न नसकेपछि सदरमुकामबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीले थप टोली घटनास्थलतर्फ गएको संखुवासभाकी प्रमुख जिल्ला अधिकारी बन्दना राईले बताइन्।

उनले जंगलमा आगलागी भएकाले स्याउलाले निभाउने प्रयास भइरहेको बताइन्।

‘मंगलबार रातिबाट आगलागी सुरु भएको थियो । निभाउने प्रयास जारी छ ,’ उनले भनिन्, ‘विकट ठाउँ भएकाले दमकल जानसक्दैन्, पानीको अभाव भएकाले स्याउलाले आगो निभाउने प्रयास भइरहेको छ ।’