डोनाल्ड ट्रम्पले आफ्ना समर्थकहरूलाई कोरोनाविरुद्धको खोप लगाउन आग्रह

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना समर्थकहरूलाई कोरोनाविरुद्धको खोप लगाउन आग्रह गरेका छन्। एक टेलिभिजन अन्तरवार्ताका क्रममा ट्रम्पले खोप सुरक्षित र प्रभावकारी रहेको भन्दै खोप लगाउन आग्रह गरेका हुन्।  

ट्रम्पका समर्थक समूह खोप नलगाउने ठूलो समूहमा पर्छ। स्वयम् ट्रम्पले आफ्नो राष्ट्रपतीय कार्यकालमा महामारीलाई बेवास्ता गरेको भन्दै आलोचना हुने गरेको छ। शुरू-शुरूमा मास्कसमेत लगाउन अस्विकार गरेका ट्रम्प पछि आफैं संक्रमित भएर अस्पताल पनि भर्ना भएका थिए। 

अमेरिकामा खोप कार्यक्रम शुरू भएपछि अरू सबै पूर्वराष्ट्रपतिले खोप लिन आग्रह गरेपनि ट्रम्प मौन रहेका थियो। ट्रम्प र उनकी पत्नी मेलानियालाई गत जनवरीमा ह्वाइटहाउसमा छँदै खोप दिइएको थियो। ‘यो खोप सुरक्षित र काम गर्ने खालको छ, फक्स न्यूजलाई दिएको अन्तरवार्तामा ट्रम्पले भने, म यो खोप लगाउन सबैलाई आग्रह गर्दछु।’