आगलागी हुँदा शिकार आरक्षमा ३० हेक्टर वन नष्ट

बागलुङ । नेपालको एक मात्रै शिकार वनस्थल ढोरपाटन शिकार आरक्षको  जंगलमा आगलागी भएको छ । आरक्षको बागलुङ जिल्ला क्षेत्रको बुकी क्षेत्र काङको जंगलमा आगलागी भएको हो । 

सोमबारदेखि लागेको आगलागी मंगलबार साँझ मात्रै नियन्त्रणमा आएको शिकार आरक्ष कार्यालय बागलुङका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँंडेलले जानकारी दिए ।

आरक्षको सुरक्षार्थ खटेको शत्रुमर्दन गुल्मको सेना तथा आरक्षका कर्मचारीले फायर लाइन निर्माण गरी आगलागी नियन्त्रणमा लिएका थिए ।

आगलागीबाट आरक्षको करीब ३० हेक्टर वनमा क्षति पुगेको छ ।