कांग्रेस नेता कोइरालाको निधन

विराटनगर । नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य तथा विराटनगरको संस्थापक मेयर अशोक कोइरालाको निधन भएको छ ।

७७ वर्षीय कोइरालाको बिहीबार बिहान करिब १ः०० बजे निधन भएको हो ।

नेता कोइरालालाई मुटु रोगको समस्या रहदै आएको थियो । निमोनिया पनि भएपछि उनलाई न्यूरो अस्पताल भर्ना गरिएको थियो । कोइरालालाई श्वासप्रश्वासमा समस्या देखिएपछि मंगलबार राति न्यूरो अस्पतालमा भर्ना गरिएको थियो ।कोइराला स्वः सुशील कोइरालाका सहोदर भाइ हुन् ।

ताजा अपडेट