साप्ताहिक पत्रिकाले सात पत्रकार र एक उद्यमी पुरस्कृत गर्यो

तुवाचुङ साप्ताहिक पत्रिकाले आफ्नो दोस्रो वार्षिकोत्सवका अवसरमा सात पत्रकार र एक युवा उद्यमीलाई पुरस्कृत गरेको छ। त्रिधार्मिक धाम हलेसीलाई आधारभूमि बनाएर प्रकाशन भइरहेको उक्त साप्ताहिक संचारकर्मी सूर्य तामाङ, रामधन राई, चिसाङ शेर्पा, दीपक राई, नवीन चाम्लिङ राई, असल चरित्र, शिवकुमार राई र युवा उद्यमी इन्द्र चाम्लिङलाई बुधबार जनही रु १५ हजार राशि सहित सम्मान गरेको हो।

हलेसी तुवाचुङ नगरपाकिाका नगरप्रमुख इवन राईले पुरस्कार र प्रमाणपत्र प्रर्दै निष्पक्ष पत्रकारिताले समृद्ध समाज निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। साप्ताहिक पत्रिकाले प्रत्येक वर्षको साउन ४ गते वार्षिकोत्सव मनाउँदै आएको थियो। यस वर्ष कोरोना भाइरसका जोखिमका कारण बुधबार वार्षिकोत्सव मनाइएको पत्रिकाका प्रकाशक÷सम्पादक दीपेन्द्र राईले जानकारी दिए।

सो अवसरमा पुरस्कार स्थापनार्थ गरिदिनुहुने राजनीतिकर्मी समिर राई, डिल्ली चाम्लिङ, समाजसेवी पदमकुमार राई, विद्यार्थी रुनिशा राई र तुवाचुङ मारतिका यातायात प्रालिलाई सम्मान गरिएको थियो। गत वर्ष पहिलो वार्षिकोत्सवमा पत्रकार दमन राई, केदार मगर, उत्तम चौलागार्इँ, समाजसेवी जनकराज राई, साहित्यकार विक्रम चेतनशील राई र कराँते खेलाडी शेशुका राईलाई पुरस्कृत भएका थिए।

हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको संगमस्थल हलेसीलाई आधारभूमि बनाएको तुवाचुङ साप्ताहिक खबर उक्त साप्ताहिक पत्रिकाले जिल्लाका हरेक गतिविधिलाई आफ्नो प्रकाशनमा स्थान दिँदै आएको छ।