आखिर कसरी चल्छ यो देश ?- दिवश राज पौडेल

  काठमाडौं । हरेक दिन जस्तै गरी साँझको ७ बज्नै लाग्दा नेपाल खबर सुन्छु भनेर विस्तारमा पल्टिए ।
एकै छिनमा यतिबेला साँझको ८ बज्यो, भन्दै गरेको खबरको धुन मेरो कानमा ठोकिन पुग्यो।  त्यो धुन सुन्ना साथ  मेरो मनमा एउटा प्रश्न उत्पन्न भयो, आखिर कसरी चल्छ यो देश ? यत्तिकैमा मुख्य खबर सुरु भयो , 

“प्रधानमन्त्री ओलि र माधव नेपाल  विचको तिक्तता झनै पेचिलो बन्दै” 
“प्रचण्ड र जसपा नेता बीच  सत्ता समीकरणको बाटो खोज्ने सहमति” 
“नेपाली काँग्रेस  भित्रै सत्ता समीकरणका विषयमा दुइ धार” 
 यति सुने पछि दिक्क लाग्यो र मोबाइलबाट एरफोन झिकेर कुना तिर मिल्कादिए ।
 दिक्क नलागोस पनि कसरी ?  यहि सत्ता समीकरण, पार्टी विवाद, सहमति असहमति जस्ता खबरहरु सुन्दै मेरो जीवनको एक चौथाई भाग सकिसकेको छ । अनि त्यही प्रश्नको उत्तर खोज्दै सोंच्न थाले ।
हामी व्यवारिक शिक्षाको माग गरिरहँदा मैल पढेको र व्यवारमा देखेको राजनीतिमा किन यति धेरै फरक ? 
के मैले पढेको “देश र जनताको हक र हितका लागि उनीहरु माथी गरिने वा बनाइने  शासन वा निति नै राजनीति हो ” भन्ने गलत व्याख्या हो त ?? यदि होइन भने मैले हरेक दिन आँखा खुल्ना साथ सुन्ने कायकैरणमा जनताको हितको निमित्त बैठक बस्यो भनेर किन भन्दैन ?
 कि समाचार संपादकहरुले यस्ता कुरालाई समय नदिएका हुन त ? 
यो मेरो व्यक्तिगत प्रश्न हुँदै होइन । मेरो हजुरबुबा जिन्दगी बुझेर संसार छोडेर जाने बेला सम्म नेपाली राजनीतिको वास्तविक अर्थ बुझ्न  सक्नु भएन । मेरो विचारसँग असहमत हुने थुप्रै ठाउँ होलान्  तर एक पटक छातिमा हात राखेर भन्नुहोस त ।
 तपाईं अनि मैले बनाएका प्रतिनिधिहरुको केन्द्रिय कमिटी ,स्थाइ कमिटी , मन्त्री परिषद या आरु कुनै पनि बैठको मुख्य एजेन्डा जनताका समस्य भन्ने देख्नु भएको छ ? 
एकजना मान्य ज्युको भनाइ याद आयो नाम उल्लेख नगरौं ” म पहिलो संविधान सभाव देखी निरन्तर संसद छु र पार्टी , सरकार हुँदै प्रतिपक्ष तगाएतका हरेका तत्कामा बस्ने अवसर मिल्यो , धेरै वैठकहरुमा समेल भए तर आज सम्म सत्ता र शक्ति  बाहेका विषयमा छलफल भएको मेरो मस्तिष्कलाई याद छैन ।” त्यसो भए यो देश चल्छ चाहिँ कसरी ??  यथार्थमा यहाँ देश चलेकै छैन चलेको छ त केवल राजनीति , एक वर्षमा ४ वटा पुल बन्छ ४-५ किमि बाटो बाटो बन्छ अझ धेरै भयो भने २-४ ओटा सार्वजनिक सौचालय भन्छ अनि केहि नपाए पछि त्यही कुरालाइ आफ्नो पालामा भएको प्रगति भन्न भ्यउँछन र उद्घाटन गर्दै हिँड्न भ्याइनभ्याई हुन्छ । २-३ ओटा शौचालय बनाउन र उद्घाटन कै प्र.म बनाएका हुन त जनताले ? एक जान वरिष्ठ पत्रकार प्रेम बानियाले भनेको याद आयो “२६ वर्ष अगाडि पनि एक दर्जन कै दबददा थियो आहिले पनि तिनै एक दर्जनको हालिबुहाली छ ।”
 यो देशको स्थिती फर्ने बेल्चाहरु आजसम्म  कसैले चलाएकै छैन, चलाएको छ त ! सत्ता र शक्तिका कुर्सीहरु ,
 त्यसैले कहिले काँही यस्ता व्यस्त नेतृत्वहरुलाइ हेर्छु अनि सोंच्छु साँच्चै भगवानले नै चालाएका छन् यो देश ।