प्रदूषण भएको भन्दै इटहरी उपमहानगरपालिकामा तालाबन्दी

इटहरी ।फोहोर जलाउँदा प्रदूषण भएको भन्दै इटहरी का वासिन्दाले इटहरी उपमहानगरपालिकामा तालाबन्दीकार्यालयको वातावरण शाखा र फोहोर व्यवस्थापनको जिम्मा पाएको वेस्ट एण्ड इन्भारो मेनेजमेन्ट कम्पनिको कार्यालयमा ताला लगाएका छन् ।जंगल छेउको सेउती खोलामा फोहोर फालेर जलाउँदा वरपर बस्नै नसकिने अवस्था उत्पन्न भएको भन्दै स्थानीयले ती कार्यालयहरुमा तालाबन्दी गरेका हुन् ।