उद्योगका प्रबन्ध निर्देशक प्रकाश दुगड पक्राउ

काठमाडौं। दुगड आइरन उद्योग तथा कजरिया टायल्सका प्रबन्ध निर्देशक प्रकाश दुगड पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) अशोक सिंहले दुगडलाई कालीमाटी क्षेत्रबाट पक्राउ गरिएको बताए । 

उनले भने, ‘ प्रकाश दुगडलाई कालिमाटीबाट पक्राउ गरेर प्रहरी वृत्त कालिमाटीमा राखिएको छ । थप अनुसन्धान भइरहेको छ । ’

खातामा रकम नभएको चेक दिएपछि  कमलपोखरी वृत्तमा उनीविरूद्ध जाहेरी परेको थियो ।