एटिएम मेसिन फुटाउदै गरेको अबस्थामा एक भारतीय नागरिक पक्राउ

काठमाडौं । ग्लोबल आइएमई बैंकको एटिएम मेसिन फुटाएको अभियोगमा एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–२६ कान्तिपथस्थित रहेको ग्लोबल आइएमई बैंकको एटिएम मेसिन शुक्रबार बिहान साढे २ बजेको समयमा एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ ।  काठमाडौंको ठमेलमा बस्दै आएका भारत गोरखपुर घर भएका २२ वर्षीय दिलसाद आलमलाई प्रहरीले एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा पक्राउ गरेको हो ।