सिंगटी हाइड्रो इनर्जीले २९ करोडको आईपीओ निष्काशन हुँदै

काठमाडौं ।   सिंगटी हाइड्रो इनर्जीले आजदेखि सर्वसाधारणलाई साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।

कम्पनिले प्रतिकित्ता १०० रुपैयाँका दरले २९ करोड रुपैयाँको २९ लाख कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

जसमा ५८ हजार कित्ता सेयर कर्मचारी र १ लाख ४५ हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याईएको छ ।

बाँकि रहेको २६ लाख ९७ हजार कित्तामा सर्वसाधरण लगानिकर्ताले आवेदन दिन पाउनेछन् ।

आईपीओमा ६ गतेदेखि चैत १० गतेसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा माग अनुसार आवेदन नपरेमा र चैत २० गतेसम्म दिन सकिनेछ ।

न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन पाइनेछ । आवेदन सि–आस्वा सदस्य रहेका बैक तथा वित्तिय संस्था र मेरो सेयरबाट पनि दिन सकिनेछ ।