सुपर लिगको अक्सन सोल्टी होटलमा सुरु

काठमाडौँ। नेपालको पहिलो फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग (एनएसएल) को अक्सन सोल्टी होटलमा सुरु भएको छ ।

 कुल १४९ खेलाडी समावेश रहेको अक्सनमा ए क्याटेगोरीमा मा २८ जना, बी मा ६३ जना र सी मा ५८ जना छन्। एबाट ३ खेलाडी, बीबाट ४(६, सी बाट ५(७ जनासम्म खेलाडी अक्सनबाट लिन पाउने प्रावधान छ।अक्सनबाट हरेक टिमले १४ खेलाडी लिन पाउँछन् ।

त्यसका लागि रकम १५ लाख ५० हजार लिमिटेसन रहेको छ ।

क्याटेगोरी ए को खेलाडीको बेस प्राईज १ लाख, अधिकतम २ लाख सम्मको बोली लाग्नेछ।क्याटेगोरी बी को खेलाडीको बेस प्राइज ५० हजार, अधिकतम १ लाख २० हजार सम्मको बोली लाग्नेछ ।

क्याटेगोरी सी को खेलाडीको बेस प्राइज २० हजार, अधिकतम ७५ हजारसम्मको बोली लाग्नेछ। ए क्याटेगोरीमा रहेका तेज तामाङलाई ६ टिमले अधिकतम २ लाख सम्मको बोली लगाएका थिए। लक्की ड्र बाट काठमाडौंले तेजलाई लिन सफल भयो ।

नेपाल स्पोर्ट्स एण्ड ईभेन्ट म्यानेजमेन्टको आयोजनामा हुने एलएसएलमा ७ फ्रेन्चाईज टिमले प्रतिस्पर्धा गर्नेछन्। एनएसएल वैशाख ११ देखि २५ सम्म दशरथ रंगशालमा हुनेछ ।