नासाले बनायो विश्वकै शक्तिशाली रकेट

नासाले ‘स्पेस लन्च सिस्टम’ नामक विश्वकै शक्तिशाली रकेट निर्माण गरेको छ । करिब १७ बिलियन डलर लागतमा निर्माण गरिएको उक्त मेगा रकेट आगामी नोभेम्बर महिनामा सार्वजनिक हुने भएको छ ।

अमेरिकी स्पेस एजेन्सीले ८ मिनेटका लागि उक्त रकेटको पहिलो चरणको परीक्षण गरिरहेको छ । पहिलो परीक्षण मिसिसिपि राज्यको ‘स्टेनिस स्पेस सेन्टर’मा भइरहेको छ । यसअघि मिसिसिपि क्षेत्रमा विभिन्न कारणले रकेट परीक्षण प्रतिबन्ध गराइएको थियो ।

उक्त शक्तिशाली रकेटमार्फत भविष्यमा अन्तरिक्ष यात्रुलाई ‘सिंगल ट्रिप’मै चन्द्रमासम्म पुर्याउन सकिने नासाले जनाएको छ ।उक्त शक्तिशाली रकेटको डिजाइन अन्य रकेटभन्दा फरक छ । रकेट सुरुआती चरणमा करिब ९८ मिटर उचाइसम्म ठडिन सक्छ । यसमार्फत २७ टनभन्दा बढी सामान चन्द्रमामा पठाउन सकिनेछ । 

ताजा अपडेट