दुई बिद्यार्थी मृत भेटिए

काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका–१ खहरे, चाल्नाखेलस्थित जंगलमा दुई बिद्यार्थी मृत भेटिएका छन् ।

नुवाकोट छापा घर भएका १६ वर्षीय अर्जुन खड्का र काभ्रेको भुम्लु सल्ले गाउँपालिका घर भएका १८ वर्षीय मंगल तामाङको शव चाल्नाखेलस्थित जंगलमा शुक्रबार भेटिएको हो ।

खड्का असनस्थित टेउडा स्कुलमा कक्षा १० मा पढ्थे  भने मंगलचाहिँ क्षेत्रपाटीस्थित जिपी स्कुलमा कक्षा १० मा अध्ययनरत थिए ।

काठमाण्डौको बाङ्गेमूढामा बस्ने उनीहरुको मृत्युको कारण खुलेको छैन। तर घटनास्थल नजिकै सल्फस नामक विषादीको बट्टा भेटिएको प्रहरीको दाबी छ । तर  महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंह कमाण्डको टिम घटनास्थलमा पुगेर शवको मुचुल्का गरेका छन् ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका फरेन्सिक डाक्टरले शवको अवस्था अवलोकन गरेका छन् । तालिमप्राप्त कुकुरलाई पनि अनुसन्धानमा प्रयोग गरिएको प्रहरीले जानकारी दिएको छ। बिहिबार बिहान १० बजेबाट हराएका उनीहरुको शब खहरेस्थित जंगलमा डाँडा वारी–पारी फेला परेको थियो ।

ताजा अपडेट