परीक्षामा चिट चोराउने पाँच जना पक्राउ

जनकपुर । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्सी (सिटीईभीटी) को परीक्षामा चिट चोर्न सघाएको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ ।

जनकपुरधामको एक परीक्षा केन्द्रमा अनुगमनमा खटिएको टोलीले परीक्षा हलमा अत्याधिक चिट फेला पारेपछि अनुसन्धान गरेको थियो । सो क्रममा फोटोकपी संचालकहरुबाट नै चिट पास भएको प्रमाण फेला परेको थियो । सोही आधारमा जनकपुरधामको मुरली चोक र भैरव चोकबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

फोटोकपी गरेर विद्यार्थीलाई भिट चोर्न सघाएको आरोपमा पक्राउ पर्नेहरुमा रोहित गुप्ता, मनोज श्रेष्ठ, विजयकुमार साह, कौशलकिशोर साह र जयकुमार साह रहेका छन् ।