कांग्रेसले उपयुक्त निर्णय लिन नसक्दा नयाँ सरकार गठनको प्रक्रिया जटिल

काठमाडौं । प्रधानामन्त्री केपी शर्मा ओली नेत्रृत्वको सरकार प्रष्ट रुपमा अल्पमतमा परिसकेको वर्तमान अबस्थामा प्रमुख प्रतिपक्षी दलको हैसियतले आफ्नो नेत्रृत्वमा सरकार गठन गर्ने बिषयमा नेपाली कांग्रेसले उपयुक्त निर्णय लिन नसक्दा नयाँ सरकार गठनको प्रक्रिया जटिल बनेको छ।

कांग्रेसको प्राथमिकता अर्ली ईलेक्सन वा नयाँ सरकार भन्ने बिषयमा संस्थापन पक्ष र पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षवीच मतभेद रहेका कारण कांग्रेसले कुनै पनि निर्णय लिन सकेको छैन। 

फागुन २८ गते रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहबीच महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा बसेको बैठकमा काँग्रेस संस्थापन इतर पक्षका शीर्षस्थ नेताले ओली सरकारको विकल्प खोज्ने बिषयमा सहमति गरेका थिए। उक्त बैठकले कांग्रेसकै नेत्रृत्वमा माओवादी केन्द्र र जसपा गठबन्धनको सरकार बनाउन पहल गर्ने निर्याण गरेको थियो। 

सोहि निर्णय पश्चात कांग्रेसको पदाधिकारी बैठक बसेर नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय समेत गरेको थियो । तर एक साता वितिसक्दा पनि कांग्रेसले नयाँ सरकार गठनका लागि कुनै ठोस पहल गरेको छैन । बरु शीर्षस्थ नेत्रृत्वबाट खासगरी सभापति शेरबाहदुर देउवा पक्षिय नेताहरुबाट अर्ली इलेक्सन नै उपयुक्त हुने धारणा आईरहेको छ । 

यता पौडेल सिटौला समुह भने जसरी भएपनि ओलीको विकल्प खोज्नुपर्ने भन्दै छलफल र सस्वाद गरिरहेका छन् । कांग्रेस भित्रको यहि अलमले नयाँ सरकार गठनको बिषयले मुर्तरुप लिन सकिरहेको छैन। बरु विहिबार मात्रै नेता गगनकुमार थापाले देश अब चुनावतिर जानुपर्ने बताए पछि कांग्रसको प्राथमिकता चुनाव कि सरकार ? भन्ने बिषय सतहमा आएको छ।