दाइजोले छिनिएकी रेखादेवी, आयो त केबल मृत्युको खबर

काठमाडौं । दाइजोको भुंग्रोमा परेकी २३ वर्षीया रेखादेवी ठाकुर अघिल्लो फागुनमा माइत गएकी थिइन् । बुवाआमाले जग्गा बेचेर कसिदिएको लगनगाँठोकै सम्मान खातिर रेखादेवी मन नलाग्दा–नलाग्दै ईशनाथ–५ लक्ष्मीनियास्थित घर फर्किइन् । ‘त्यसपछि बहिनी रेखादेवी फर्केर आइनन्’, । उनका दाइ रोशन ठाकुरले भावविह्वल हुँदै सम्झिए, ‘आयो त केवल मृत्युको खबर ।’आठ महिनाकी गर्भ-वती रेखादेवीको मृत्युको खबर वैशाख १६ गते साँझ मोतीपुरभरि फैलियो । रेखादेवीको माइती पक्ष दुई किलोमिटर दूरीमा रहेको लक्ष्मीनिया पुगे। तर, उनका पति सञ्जय ठाकुर त्यहाँ देखिएनन् । गाउँलेहरू सञ्जय फ रार भएको बताइरहेका थिए । घर प्रहरी घेरामा थियो । सञ्जयका काका देवेन्द्र ठाकुर (तत्कालीन वडाध्यक्ष)ले ‘पावर’ लगाए । माइती पक्षलाई गेटमै रोकियो। राति ८ बजे मात्र शव रहेको कोठामा जान दिइयो। प्रहरी मुचुल्कामा सही गर्न भनियो।सञ्जयका बुवा नागेन्द्रले बिजुलीको मेन स्विच अफ गरिदिए । ‘मोबाइलको लाइट बालेर बहिनीको शव हेर्‍यौं । गालामा हातको डा-म थियो, शरीरभरि नील डाम’, रोशनले भने, ‘कपाल लुछिएको थियो। अनुहार र घाँटी वरपर रगतका टाटा थिए । अनुहार को तरिएको थियो अनि खुट्टा पनि अस्वाभाविक बांगा देखिन्थे ।’उनका अनुसार कोठामा फु टेका चुरा र सामान यत्रतत्र छ रिएका थिए। प्रहरी तिनै चुरा टिप्दै थिए। रेखादेवीको ‘शव’ ओछ्यानमा थियो । एउटा सल दुई टुक्रा पारेर छोपिएको थियो। रेखाका ससुरालाई उद्धृत गर्दै रोशनले भने, ‘यही सलमा झन्डिएर मरेकी हो । ’ तर, नझुन्डि एको अवस्थामा श व थियो न त कुनै फोटो देखाइयो। माइती पक्षले प्रहरी मुचुल्कामा सहीछाप त गरिदियो तर चित्त बुझेन । ‘माइतीलाई थाहै नदिई ‘शव’ जलाउने तयारी रहेछ’, उनले भने, ‘मेरी बहिनीलाई दाइजोले मार्‍यो । ’बहिनीको मृत्यु शंकास्पद देखिएपछि उनले ‘हत्या भएको हो अनुसन्धान गरिदिनुस्’ भनेर प्रहरीलाई आग्रह गरे । तर, उनको कुरा सनिएन । लकडाउनका बेला झन्झट बेहोरेर कहिले मानव अधिकार कार्यालय त कहिले प्रहरी अनि जिल्लाका संघसंस्थामा पुगे । सबैले आश्वासन दिए, सहयोग गरेनन् । एक महिनासम्म उजुरी दर्ता भएन । हत्यालाई आत्म हत्या बनाउन सञ्जयका परिवारदेखि प्रहरीका हाकिमसम्म लागेको माइती पक्षको दाबी छ। महिला आयोगमा कुरा तर सुने तर निवेदन दर्ता गरेनन् । दिदी रिंकु ठाकुरले भनिन्, ‘मधेसका पीडित महिलाको पक्षमा बोल्ने कोही रैनछ । ’घटनाको वि रोध भएपछि ३८औं दिनमा रेखादेवीका पति सञ्जयलाई प्रहरीले पक्राउ त गर्‍यो तर प्रमाण नपुगेको भन्दै छाडिदियो । पीडित पक्षले पछिल्लो समय महान्यायाधिवक्ताको कार्यालय काठमाडौंमा न्यायका लागि याचना गरेको छ । नायब महान्यायाधिवक्ता नारायणप्रसाद पौडेलले घटनाको विस्तृत अनुसन्धान गरी मुद्दा अगाडि बढाउन आदेश गरिएको बताए ।। ‘घटनाको अनुसन्धान गर्ने क्रममा केही प्रक्रिया पूरा भएको छैन। मृ-तकका बुवाआमालगायत आफन्तलाई पनि बुझिएको छैन’, नायब महान्यायाधिवक्ता पौडेलले भने, ‘अनुसन्धान बाँकी रहेकाले पुनः अनुसन्धान गरी कारबाही अगाडि बढाउन महान्यायाधिवक्ता कार्यालयले आदेश गरेको छ।’रौतहटका जिल्ला न्यायाधिवक्ता सुभाष भट्टराईले मिसिल हेर्दा मु-द्दा चलाउन आवश्यक नदेखिएको बताए । ‘प्रहरीको मिसिल हेर्दा मु-द्दा चलाउन आवश्यक ठानिनँ । यसैले निकासाका लागि उच्च अदालत वीरगन्ज पठाएको हो’, जिल्ला न्यायाधिवक्ता भट्टराईले भने। यो विषय महान्यायाधिवक्ताको कार्यालयसम्म पुगेको र त्यहींबाट अन्तिम निर्णय हुने उनले बताए।मिसिलमा रेखादेवी झुन्डि एको फोटो पनि थियो कि भनेर सोध्दा उनी अनकनाए। झु न्डि एको अवस्थाको फोटो आफूले नदेखेको उनले सुनाए । ‘मैले गरेको निर्णय सही हो भन्ने छैन, मैले आफ्नो जिकिरसहित निकासाका लागि माथि पठाएको छु । अरू कारण मिसिलमै हेर्नुहोस्’, उनले भने ।जिल्ला प्रहरी कार्यालयका एसपी रविराज खड्कासहितको टोली घ टनास्थल पुगेको थियो। प्रहरीले आफूमाथि गरेको व्यवहार देख्दा नै घटनाको अनुसन्धानमा शं का लागेको रिंकुले सुनाइन् । झन् मिसिलै क मजोर बनाएर बुझाएपछि सरकारी वकिलको कार्यालयले मु द्दा चलाउन योग्य नठानेको उनको दाबी छ‘उसलाई सबै दिदीबहिनीसँग बोल्न र भेट्न बन्देज थियो । अन्तिमपटक फोनमा कुरा हँदा ऊ बोल्नै सकिन। १० मिनेटसम्म रोइमात्रै रही।’माइती पक्षले २०७६ जेठमा २० लाख रुपैयाँ खर्चेर रेखादेवीको विवाह गरिदिएको थियो । खर्च जुटाउन रोशनले १५ लाखमा जग्गा बेचे। दाइजोमा ११ लाख र अन्य खर्च ९ लाख गरी २० लाख खर्च भएको जनाइएको छ। केटा पक्षको मागअनुसार रेखाको परिवारले बिहेअघि नै सञ्जयका दाजु र बुवालाई मोटरसाइकल किन्न ३ लाख २८ हजार नगद बुझाएको थियो। तर, उनीहरूले त्यो रकम अन्तै खर्च गरिदिए।‘मोटरसाइकल नपाएपछि रेखामाथि अ त्याचार सुरु भयो। फेरि पैसा माग भन्दै कुटपिट गर्न थालेछन्’, रोशनले भने, ‘कहिले टीभी माग्न भन्थे त कहिले फ्रिज । कहिले सुनको सिक्री मागेर कुट्थे ।’ बिहेमा मोटो रकम खर्च भइसकेकाले फेरि पैसा दिन नसकेको उनले सुनाए ।‘माइतीको सबै नम्बर ब्लक गरिदिएको थियो, बोल्नै दिँदैनथ्यो बहिनीलाई। माइत आउनै नदिने। आए पनि सँगै लिएर आउने तुरुन्तै लिएर गइहाल्ने । ऊ घर जान मनै गर्दिनथी खाली रुन्थी मात्रै’, दिदी रिंकुले भनिन्, ‘उसलाई सबै दिदीबहिनीसँग बोल्न र भेट्न बन्देज थियो। अन्तिमपटक फोनमा कुरा हुँदा ऊ बोल्नै सकिन । १० मिनेटसम्म रोइमात्रै रही।’रेखादेवीले आफूमाथि भइरहेको शा रीरि क तथा मा नसिक यात नाका विषयमा माइतीलाई सुनाएकी थिइन् । रिंकुले भनिन्, ‘प्रहरीमा जान भनेकी पनि हुँ। तर, ऊ इज्जत जान्छ भनेर बोल्नै चाहिन। टीभी दिइदिनुस् भनेर रुन्थी। लकडाउनका बेला एक्लै पारेर मारेछन् ।’रोशन र रिंकुले सञ्जय, उनका बुवा नागेन्द्र, काका देवेन्द्र ठाकुर मिलेर मारेको आरोप लगाए । ‘हत्यालाई आत्महत्या परिवर्तन गर्न पैसा खर्च गरे, सेटिङ गरे’, उनीहरूको दाबी छ । सञ्जय र उनको परिवारका सदस्य गाउँमा खुलेआम डुलिहिँडेका छन्। आफूविरुद्ध मुद्दा गरे ‘परिवारै स-खाप बनाइदिने’ भन्ने सञ्जयको ध म्कीपछि रोशनले गाउँ छाडेका छन्। गाउँमा ओछ्यान परेका बुवाआमा र श्रीमती छन्।‘बैनीलाई सुख हुन्छ भनेर राम्रो धनी परिवार भनेर जग्गा बेचेरै पनि बिहे गरिदियौँ’, ललितपुर सानेपास्थित एक सिलाइ पसलमा भेटिएकी रिंकुले भनिन्, ‘यही सुख भयो कि बिहे गरेको ११ महिनामा ८ महिनाको ग र्भवतीको श व उठाइदियो।’ तराईमा अझै दाइजोका कारण चेलीको हत्या भइरहेको उनको गुनासो छ। ‘गरिबका छोरीहरू बाच्नै नपाउने ?’, उनको प्रश्न छ, ‘कानुनलाई हात लिएर अपराधी गाउँगाउँ डुलिहिँड्ने ? उसलाई देखेर गाउँका छोरी चेली कसरी सुरक्षित महसुस गर्छन् ?’ अजवी पाैडेलले अन्नपुर्ण पोष्टमा समाचार लेखेकी छन् ।