टि२० सिरिज भारतलाई

AHMEDABAD, INDIA - MARCH 18: India celebrate after Hardik Pandya of India dismisses Jason Roy of England during the 4th T20 International between India and England at Narendra Modi Stadium on March 18, 2021 in Ahmedabad, India. (Photo by Surjeet Yadav/Getty Images)

भारत ।जितको लागि २ सय २५ रनको विशाल विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८८ रन बनायो । इंग्ल्यान्डका डेविड मलानले ४६ बलमा ९ चौका र २ छक्का सहित सर्वाधिक ६८ रनको योगदान दिए । ओपनर जस बटलरले ३४ बलमा २ चौका र ४ छक्का सहित ५२ रन बनाए । दोस्रो विकेटका लागि डेविड मलान र जस बटलरले १ सय ३० रनको उत्कृष्ट शतकीय साझेदारी गरेपनि त्यसपछिका ब्याट्सम्यान चल्न नसक्दा इंग्ल्यान्ड पराजित हुन पुगेको हो । बेन स्टोक्सले १४ र क्रिस जोर्डनले ११ रन बनाए । साम करन १४ रनमा अविजित रहे । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।भारतका तीव्र गतिका बलर भुवनेश्वर कुमारले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । शादूल ठाकुरले ४ ओभरमा ४५ रन खर्चेर ३ विकेट लिए । टि नटराजन र हार्दिक पान्ड्याले समान एक विकेट लिए ।त्यसअघि नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस हारेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २ सय २४ रन बनाएको थियो ।भारतका कप्तान तथा ओपनर विराट कोहली ५२ बलमा ७ चौका र २ छक्का सहित ८० रनमा अविजित रहे । हार्दिक पान्ड्या १७ बलमा ४ चौका र २ छक्का सहित सहित ३९ रनमा अविजित रहे ।रोहित शर्माले ३४ बलमा ४ चौका र ५ छक्का सहित ६४ रन जोड्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । भारतका ओपनर रोहित शर्मा र विराट कोहलीले ९ ओभरमा ९४ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाए । नियमित ओपनर लोकेश राहुललाई बेन्चमा राख्दै कोहली आफैंले ओपनिङ गर्ने निर्णय लिएका थिए ।इंग्ल्यान्ड पहिलो खेलमा ८ विकेटले विजयी भएको थियो । दोस्रो खेलमा इंग्ल्यान्ड ७ विकेटले पराजित भएको थियो । तेस्रो टि२० खेलमा ८ विकेटले विजयी भएको इंग्ल्यान्ड चौथो खेलमा ८ रनले पराजित भएको थियो । इंग्ल्यान्ड र भारतबीच थप तीन टि२० आई सिरिज पनि हुने छ । पहिलो खेल मंगलबार हुने छ ।