कांग्रेसले पदाधिकारी र पूर्व पदाधिकारीहरुको छलफल गर्न बैठक बोलायो

काठमाडौं । नेपाली कांग्रेसले पदाधिकारी र पूर्व पदाधिकारीहरुको छलफल गर्न भोलि दिउँसो बैठक बोलाएको छ।

क्रियाशील सदस्यता छानविन समितिका सदस्यहरुसँग बैठक बोलाइएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

पूर्व निर्धारित कार्यतालिकाअनुसार चैत १० गते भित्र एक निर्वाचन क्षेत्र भएका जिल्लाले नयाँ क्रियाशील र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाले नवकरणको सूची केन्द्रमा पठाइसक्नुपर्ने छ।

बैठकमा सरकार गठनमा देखिएको अलमलबारे समेत छलफल हुने नेताहरुले बताएका छन्।