वाईसीएलले आउँदो जेठमा राष्ट्रिय भेला गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसीएलले देशभर हरेक निर्वाचन क्षेत्रमा १ लाख ६५ हजार सदस्यता थप गर्ने निर्णय गरेको छ।

चैत ४ र ५ गते काठमाडौंमा बसेको वाईसीएलको केन्द्रिय समितिको बैठकले निर्वाचन क्षेत्रमा १ हजार जनाको दरले १ लाख ६५ हजार निर्वाचन क्षेत्रमा चैतभित्रमा सदस्यता विस्तार गर्ने निर्णय गरेको हो।

त्यस्तै ०७८ साल जेठ २८–३० गते काठमाडौंमा राष्ट्रिय भेला गर्ने निर्णय पनि गरेको अध्यक्ष रामप्रसाद सापकोटाले जानकारी दिएका छन्। 

राष्ट्रिय भेलाका लागि स्थानीय तह, जिल्ला तथा प्रदेश भेलाहरुबाट प्रतिनिधि छनोट गरिने पनि वाईसीएलले जनाएको छ । बैठकले संगठनको विधान संशोधन गर्दै केन्द्रीय समिति १६१ सदस्यीय हुने तय गरेको छ। 

त्यस्तै वाईसीएलका हालसम्मका सबै समितिलाई भेला आयोजक समितिमा रुपान्तरण गरेको छ।