आइसिसीले भारतीय क्रिकेट टोलीलाई जरिवना

भारत ।विराट कोहलीको कप्तानीमा रहेको भारतले निर्धारित समय भन्दा दुई ओभर ढिला बलिङ गरेपछि ४० प्रतिशत म्याचमा फि जरिवना लगाएको आइसिसीले जनाएको छ । आइसिसीको नियम अनुसार कुनैपनि एक टोलीले निर्धारित समय भन्दा एक ओभर बलिङ ढिला गरेको खण्डमा २० प्रतिशत जरिवना लाग्ने गर्दछ ।कोहलीले आफ्नो गल्ती स्वीकार गरेका छन् । पाँच टि२० आई सिरिजमा विराटको कप्तानीमा रहेको भारत दोस्रो पटक जरिवनामा परेको हो । दोस्रो टि२० खेलमा भारतलाई ‘स्लो ओभर’ रेटको कारण २० प्रतिशत जरिवना लागेको थियो ।पाँच टि२० आई सिरिज भारतले ३–२ ले जितेको थियो । अन्तिम खेलमा भारतले इंग्ल्यान्डलाई ३६ रनले हराउँदै सिरिज जितेको थियो । इंग्ल्यान्ड पहिलो खेलमा ८ विकेटले विजयी भएको थियो । दोस्रो खेलमा इंग्ल्यान्ड ७ विकेटले पराजित भएको थियो ।तेस्रो टि२० खेलमा ८ विकेटले विजयी भएको इंग्ल्यान्ड चौथो खेलमा ८ रनले पराजित भएको थियो । इंग्ल्यान्ड र भारतबीच थप तीन ओडिआई सिरिज पनि हुने छ । पहिलो खेल मंगलबार हुने छ ।