बार्सिलोनाको सानदार जित

क्लब बार्सिलोनाले स्पेनिस ला ला लिगामा रियल सोसिडाडमाथि सानदार जित हात पारेको छ ।
बार्सिलोनाले रियस सोसिडाडमाथि उसकै मैदानमा ६–१ को सानदार जित निकालेको हो ।

बार्सिलोनाको जितमा कप्तान लियोनेल मेस्सी र सर्जिनो डेस्टले समान दुई गोल गर्दा एन्टोइन ग्रिजमन र औसमाने डेम्बेलेले समान एक गोल गरे । सोसिडाडका एन्डर बारेनेटसेयाले एक गोल फर्काए ।जितपछि बार्सिलोनाले रियल म्याड्रिडलाई पछि पार्दै दोस्रो स्थानमा उक्लन सफल भएको छ । बार्सिलोनाको २८ खेलबाट ६२ अंक पुगेको छ । शीर्षस्थानको एट्लेटिको म्याड्रिडको ६६ छ । पराजित रियल सोसिडाड ४५ अंक जोडेर पाँचौ स्थानमा छ ।

ताजा अपडेट