प्रतिनिधिसभाको आज पाँचौं बैठक पुनर्स्थापित

काठमाडौं, । पुनर्स्थापित प्रतिनिधिसभाको पाँचौं वैठक आज (मंगलबार) दिउँसो १ बजे बस्दैछ ।

आजको वैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदन र महान्यायाधिवक्ताको आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदन’ प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

यसैगरी उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको वार्षिक प्रतिवेदन २०७७ पेस गर्ने सम्भावित कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।

पुनर्स्थापनापछि चार वटा बैठक सकिँदासम्म प्रतिनिधि सभाले लय समात्न सकेको छैन । यसअघिका वैठकलाई माओवादी केन्द्रका नेताहरुले वहिष्कार गरेका थिए भने कांग्रेस नेताहरुले नारावाजी गरेका थिए ।

यस्तै सत्तारुढ नेकपा एमालेको ओली पक्षीय सांसदहरुले भने संसद सहज रुपमा नचल्दा सरकारका अध्यादेशहरु अड्किएको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् ।