गाडी दुर्घटना हुँदा सात विद्यार्थी घाइते

काठमाडौँ । तुलसीपुरमा गाडी दुर्घटना हुँदा सात विद्यार्थी घाइते भएका छन् । पब्लिक ज्ञानज्योति माध्यमिक विद्यालयका विद्यार्थी बोकेको बस दुर्घटनामा परेको हो ।
तुलसीपुर उपमहानरपालिका वडा नम्बर १५ कोठरीबाट आज बिहान प्लस टू पढ्ने विद्यार्थीहरू लिएर आउँदै गरेको बस दुर्घटनामा परेको हो ।

प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार दुर्घटनामा सात विद्यार्थी घाइते छन्। बसले विद्यार्थीलाई च्यापेको खबर आएको पनि उनले बताए ।
घटनास्थलमा प्रहरी परिचालन गरिएको छ। केही घाइतेलाई उपचारका लागि तुलसीपुर ल्याइएको प्रहरीले जनाएको छ ।

ताजा अपडेट