बसको ठक्करबाट युवतीको मृत्यु

काठमाडौँ। आज बिहान धनगढीबाट टीकापुरतर्फ जाँदै गरेको बसले पैदलयात्रीलाई ठक्कर दिँदा   २२ वर्षीया कमला देवकोटा बुढाको मृत्यु भएको छ ।

मंगलबार लम्कीचुहा नगरपालिकाको लम्की चोकमा टीकापुरतर्फ जाँदै गरेको ना ६ ख ८८३३ नम्बरको बसले ठक्कर दिँदा उनको मृत्यू भएको थियो।

ठक्करबाट घाइते भएकी उनको लम्कीकै लालरत्न अस्पतालमा उपचारका लागि पुर्‍याउने बित्तिकै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए।

बर्दगोरिया गाउँपालिका १ का ३१ वर्षीय बस चालक पुष्प कँडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ।घटनापछि पूर्व पश्चिम  राजमार्ग अवरूद्ध छ

ताजा अपडेट