पठाओ अंकित ज्याकेट र ट्राउजर लगाउन रोक

काठमाडौं ।ट्राफिक प्रहरीले राइड सेयरिङ कम्पनी पठाओ राइडरले पठाओ अंकित ज्याकेट र ट्राउजर लगाउन रोक लगाउने निर्णय गरेको छ ।विकृति रोक्न पठाओसँगको सहमतिमै पठाओ भनेर चिनिने प्रोटेक्टिभ गेयर लगाउन रोक लगाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । कोरोनाको समयमा सरकारले जारी गरेको सरकारी स्वास्थ्य सुरक्षाको मापदण्ड अनुसार पठाओले राइडर र सेवाग्राहीको स्वास्थ्य सावधानीलाई मध्यनजर गर्दै राइडरलाई राइडको समयमा अनिवार्य गराएको ‘प्रेटेक्टिभ गेयर’ (ज्याकेट र ट्राउजर सहितको कपडा) तत्कालका लागि बन्द गर्ने निर्णय गरेको हो।राइडरहरुले धेरै अफलाइन ट्रिप गर्ने गरेको र ज्याकेटकै कारण असुरक्षाका घटनाहरु धेरै भएपछि बुधबारबाट लागु हुने गरी यस्तो निर्णय भएको ट्राफिक प्रहरी प्रवक्ता श्यामकृष्ण अधिकारीले जानकरी दिए । उक्त पोशाक लगाउन नपाएपनि सेवा भने निर्वाद रुपमा रहने छ ।