चैत १२ गते मनकामना केवलकार बन्द हुने

Cable Car (Tram way) to Manakamana Temple (Nepal)

गोरखा । गोरखाको धार्मिक तथा ऐतिहासिक मनकामना मन्दिरसम्म पुग्ने मनकामना केवलकार एकदिनका लागि बन्द हुने भएको छ । मनकामना दर्शन प्रा.लिले केवलकारको नियमित मर्मत सम्हारका लागि केवलकार बन्द गर्न लागिएको प्रालिले जनाएको छ ।

प्रा.लिले मंगलबार एक सूचना प्रकाशन गर्दै यहीँ चैत १२ गते बिहिबार सेवा बन्द रहेने जानकारी दिएको हो । शुक्रबारदेखि भने पुनः केवलकार नियमित सञ्चालन हुने प्रा.लिले जनाएको छ ।गएको बर्ष चैतदेखि कोरोना संक्रमणको जोखिमका करिब ९ महिना केवलकार बन्द भएको थियो ।