एमालेको पार्टी कार्यालय अब थापाथली हाइटमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली थापाथली हाइटमा सरेको नयाँ कार्यालयको अनुगमन गरेका छन् । 

प्रधानमन्त्री ओली धुम्बाराहीबाट थापाथली हाइटमा सरेको नयाँ कार्यालयको अनुगमनका लागि थापाथली पुगेका हुन् ।

एमालेको पार्टी कार्यालय थापाथली हाइटस्थित सञ्जय अग्रवालको घरमा सरेको हो । 
 

अग्रवालको घर पाँच वर्षका लागि भाडामा लिने सम्झौता भएको कृषि तथा पशुपक्षी विकासमन्त्री पद्या अर्यालले जानकारी दिइन् ।

मन्त्री अर्यालले प्रधानमन्त्रीले आफूलाई घर मन परेको प्रतिक्रिया दिएका छन् । 

प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोती दुगडले घरकोे भाडाका विषयमा सहमति नभएको बताए ।